२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ठैवलाई ८ स्वर्ण

काठमाडौं — ठैव डोजोले प्रथम उपत्यकाव्यापी करातेले ८ स्वर्ण, ५ रजत र ३ कांस्य पदक जित्दै टिम च्याम्पियनको ट्रफी जितेको छ । आयोजक नेपाल सितोरियो कराते शाखा डोजो भारदेउ ६ स्वर्ण, ११ रजत र ११ कांस्यसाथ दोस्रो भयो । तेस्रो भएको विद्यासागरले ६ स्वर्ण, २ रजत र ६ कांस्य जितेको थियो ।

पुरुषमा विद्यासागरका सुमन तामाङ र महिलामा आयोजक भारदेउकी एरिना घले उत्कृष्ट खेलाडी भए । पुरुषमा नवशान्ति डोजोका मनीष खड्का र महिलामा चौघरे डोजोकी सेम्सङ लामा उदीयमान खेलाडी चुनिए । नागर्जुन डोजोले फेयर प्ले उपाधि जित्यो ।

 

प्रकाशित : आश्विन ९, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?