कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हङकङ स्नुकरमा दीपेन च्याम्पियन

हङकङ — स्पोर्ट्स क्लबद्वारा आयोजित ‘हङकङ नेपाल स्नुकर च्याम्पियनसिप २०१७’ को उपाधि दीपेन रानाले शनिबार जितेका छन् ।

हङकङ स्नुकरमा दीपेन च्याम्पियन

फाइनलमा राजेश थापाविरुद्ध बेस्ट अफ सेभेनको प्रतिस्पर्धामा सुरुका चारै फ्रेम जित्दै दीपेन च्याम्पियन भएका हुन् । उनलाई उपाधि जित्न खासै गाह्रो भएन । उनले पहिलो फ्रेममा ८४ स्कोर गरेका थिए, जुन प्रतियोगिताकै सर्बाधिक हो । उनले सेमिफाइनलमा बेस्ट अफ फाइवको प्रतिस्पर्धामा सुरुका तीनै फ्रेम कब्जा गर्दै सुरज गुरुङको चुनौती समाप्त परेका थिए ।

दीपेनले १० हजार हङकङ डलर र हाइएस्ट ब्रेकको १ हजार डलर गरी कुल ११ हजार डलर हात पारे । उपविजेता राजेशले ५ हजार डलर प्राप्त गरे । राजेशले सेमिफाइनलमा किरण शाहीलाई पराजित गरेका थिए । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा किरणले सुरजमाथि सहज जित निकाले ।

गत वर्षका विजेता सुमन गुरुङ यसपाली पहिलो चरणमै पराजित भएका थिए । अघिल्लो संस्करणको उपविजेता कुमार घले पनि अन्तिम १६ बाटै बाहिरिएका थिए । जोर्डनस्थित केसी सिटीमा भएको प्रतियोगितामा नेपाली मूलका ६४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : आश्विन ९, २०७४ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?