कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली क्रिकेटरको भारत भ्रमण

अन्तिम खेलमा पराजय
कान्तिपुर संवाददाता

काठमाडौं — अन्तिम खेलमा हार बेहोर्दै नेपालले अभ्यास खेलको भारत भ्रमण टुंग्याएको छ । चौथो तथा अन्तिम खेलमा नेपाली टोली सोमबार सेन्टर फर स्पोर्टस साइन्ससँग ५ विकेटले पराजित भयो ।

नेपाली क्रिकेटरको भारत भ्रमण

विश्व क्रिकेट लिग च्याम्पियनसिपको हङकङसँग खेल्ने तयारीमा रहेको नेपालले शनिबार चेन्नईमा तामिलनाडु ‘ए’ लाई १ सय ४७ रनले हराएको थियो । त्यसअघि पहिलो दुई खेलमा नेपालले डिन्डिगुल ड्रागन्समाथि १ सय ५३ रन र मिलापोर रिक्रिएसन क्लबमाथि ५२ रनको जित पाएको थियो ।

२ सय १६ रनको लक्ष्य लिएर आएको नेपाल विजय नजिक पुगेर धराशायी बनेको हो । नेपाल ४०.३ ओभरमा २ सय १० रनमा अलआउट भयो । ओपनरका रूपमा आएका कप्तान पारस खड्काले सागर पुनसँग पहिलो विकेटमा १३ ओभरभित्र ८४ रन जोडे पनि नेपालले त्यसको फाइदा उठाउन सकेन । उनी ४० बलमा ७ चौका र १ छक्का प्रहार गरी ४९ रनमा आउट भए । सागरले ६७ रन बनाए । ८४ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसपछि आरिफ शेख ७, विनोद भण्डारी १५, सोमपाल कामी ५, करण केसी ३, वसन्त रेग्मी शून्य तथा सन्दीप लामिछाने र सुशील कँडेल समान ४ रनमा आउट भए । स्पोर्टस साइन्सका अरुण बालाजीले ५ र विल्किन्स भिक्टोरले ३ विकेट लिए ।

यसअघि स्पोर्टस साइन्स पूरा ५० ओभर खेल्दै २ सय १५ रनमा अलआउट हुँदा भिक्टोरले ७४ रन बनाएका थिए । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ८९ बल खेलेर ९ चौका र १ छक्का प्रहार गरे । ओपनर अनन्तले ४५ रन बटुले । नेपालबाट सुसन भारीले ९ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३, करण र सन्दीपले २–२ तथा सोमपाल र सागर पुनले १–१ विकेट लिए ।

प्रकाशित : आश्विन १०, २०७४ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?