केनको ह्याट्रिकमा टोटेनहमको जित, रियलले डर्टमुन्डलाई हरायो

रोयटर्स

निकोसिया — फरवार्ड ह्यारी केनको ह्याट्रिकसँगै टोटेनहम हट्स्परले युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूह 'एच'को खेलमा मंगलबार जित हात पारेको छ ।

घरेलु टोली एपोएल निकोसियालाई ३-० ले हराउँदै स्पर्सले लगातार दोस्रो जित हात पार्‍यो । समूहको अर्को खेलमा रियल म्याड्रिडले बोरुसिया डर्टमुण्डलाई ३-१ ले हरायो । ग्यारेथ बेलले सुरुआती अग्रता दिलाउँदा क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा दुई गोल थपेका थिए । घरेलु टोली डर्टमुण्डका लागि पिएर एमेरिक औबामेयाङले गोल गरेका थिए ।

Yamaha

लिभरपुल समूह 'इ'को खेलमा स्पार्टाक मस्कोसँग १-१ को बराबरीमा रोकियो । २३ औं मिनेटमा फर्नान्डोले गोल गरेपछि पछाडी परेको लिभरपुल आठ मिनेटपछि फिलिपे कोउटिन्होले गोल गरेपछि बराबरीमा आएको थियो । त्यस समूहको अर्को खेलमा विसाम बेन येद्दरले ह्याट्रिक गरेपछि सेभियाले मारिबोरलाई ३-० ले हरायो ।
समूह 'एफ'मा म्यानचेस्टर सिटी र नेपोलीले जित दर्ता गरे । म्यानचेस्टर सिटीले शाख्तर डोनेस्कलाई २-० ले हाराउँदा नेपोलीले फेयेनुर्डलाई ३-१ ले पाखा लगायो ।

यसै गरी समूह 'जी'मा बेसिक्टासले आरबी लाइप्जिगलाई २-० र एफसी पोर्टोले मोनाकोलाई ३-० ले हराए ।

प्रकाशित : आश्विन ११, २०७४ १०:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डा. गाेविन्द केसीद्वारा १९ गतेसम्मका लागि अनशन स्थगित

अतुल मिश्र

काठमाडौं — प्राडा. गाेविन्द केसीले १९ गतेसम्मका लागि अनशन स्थगित गरेका छन् । नेपालीहरुकाे महान् चाड दसैं सुरु भएको र संसद् पनि बन्द भएकोले हाललाई अनशन स्थगित गरेको उनले बताएका छन् ।

डा. केसीले माफियामूखी चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको आरोप लगाउँदै विभिन्न मागसहित सोमबार १२ औं आमरण अनशन शुरू गरेका थिए ।

उनले २० गतेदखि पुन: अनशनमा बस्ने बताएका छन् ।

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेस भएको थियो । प्रा डा केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् ।

प्रकाशित : आश्विन ११, २०७४ १०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT