१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पीएसजीसँग बायर्न स्तब्ध

एएफपी

पेरिस — एडिसन कभानी र नेयमारले दुवैले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले बुधबार राति युरोपेली च्याम्पियन्स लिगको हेभिवेट भिडन्तमा बायर्न म्युनिखलाई सजिलै ३–० ले स्तब्ध पारेको छ । दिनका अन्य खेलमा अरु प्रमुख क्लब भने विजयी रहे ।

पीएसजीसँग बायर्न स्तब्ध

समूह ‘बी’ को खेलमा पीएसजीले प्रतिसपर्धा सुरु भएको ९० सेकेन्डमै डानी एल्भेसको गोलले अग्रता लिएको थियो । यसै समूहको अर्को खेलमा सेल्टिकले एन्डरलेटलाई समान ३–० ले हरायो ।

समूह ‘ए’ बासेलले बेनफिकालाई ५–० र म्यानचेस्टर युनाइटेडले सीएकेए मस्कोलाई ३–० ले हरायो । समूह ‘सी’ मा अर्को इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले एटलेटिको म्याड्रिडको घरमा २–१ को महत्त्वपूर्ण जित निकाल्यो ।

समूहको अर्को खेलमा एएस रोमाले क्वोराबागलाई २–१ ले पन्छायो । यस्तै समूह ‘डी’ मा युभेन्ट्सले ओलम्पियाकोसलाई २–० र बार्सिलोनाले स्पोर्टिङ सीपीलाई १ –० ले हरायो ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?