वीरेन्द्रनगर कप क्रिकेट अन्तिम साता

कान्तिपुर संवाददाता

दमक — मोरङको पथरी शनिश्चरेमा सातौं पूर्वाञ्चलस्तरीय वीरेन्द्रनगर कप क्रिकेट असोज १९ देखि हुने भएको छ ।

 
असोज ३१ सम्म चल्ने प्रतियोगितामा पूर्वका २० टोलीले भाग लिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष राजेश कुइँकेलले विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डर पनि पुरस्कृत हुनेछन् । उनले प्रतियोगितामा राष्ट्रिय खेलाडीलाई पनि खेलाउने प्रयास भइरहेको बताए । प्रतियोगिता आयोजना गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने जनाइएको छ ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?