कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश भिड्दै

एएफपी

पोचेस्ट्रम — दक्षिण अफ्रिकाले बिहीबार सेवेस पार्कको मैदानमा सुरु हुने पहिलो टेस्टमा बंगलादेशको सामना गर्दा उसका प्रमुख ब्याट्सम्यान इतिहास र उनीहरूको व्यक्तिगत प्रदर्शन दुवै परीक्षाबाट गुज्रिनेछ ।

दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश भिड्दै

बंगलादेशले दक्षिण अफ्रिकाविरुद्ध अहिलेसम्म खेलेका सबै चार टेस्ट गुमाएको छ, सबै इनिङ्स अन्तरले । संयोगले चारै टेस्टमा बंगलादेशले टस जितेको थियो । तर त्यसयता बंगलादेशी क्रिकेटमा सुधार आएको छ । बंगलादेशले अन्तिमपल्ट सन् २००८/०९ मा दक्षिण अफ्रिाकाको भ्रमण गरेको थियो ।

त्यसमाथि पोचेस्ट्रमको पिचले दक्षिण अफ्रिकाका तीव्र गतिका बलरलाई कम सहयोग गर्ने अनुमान गरिएको छ । परम्परागत रूपमा यसले ब्याट्सम्यानलाई मदत गर्ने मानिन्छ । यस्तै यो पिचले बंगलादेशको बलियो स्पिन आक्रमणलाई मदत गर्न सक्नेछ । तर जितका लागि दक्षिण अफ्रिका नै बलियो प्रत्याशी रहनेछ । बंगलादेशी टिमले भने पछिल्लो समय ठूलो टिमलाई हराउन सक्ने समूहका रूपमा आफ्नो प्रतिष्ठा बनाएको छ । बंगलादेशले दक्षिण अफ्रिका भ्रमणको अभ्यास खेलका रूपमा भर्खरै पछिल्लो साता जोहानेसबर्ग नजिकै बेनोनीमा सहभागिता जनाएको थियो । त्यस चार दिनको खेलमा हासिम अमला, डिन एल्गर, थेनिस डी ब्रुन र एडने मार्कक्रम सबैले शतक बनाए ।

यस्तै कप्तान फाफ डु फ्लेसिसले ९६ र क्विन्टन डी ककले अर्धशतक जोडे । त्यस खेलमा अधिकांस दक्षिण अफ्रिकी ब्याट्सम्यान सफल त रहे, तर बलरले उत्तिकै प्रभावशाली प्रदर्शन भने गर्न सकेनन् ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?