आर्सनल जित्दा लिभरपुल रोकियो

रोयटर्स

लन्डन — इङलिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा आर्सनलले नवप्रवेशी क्लब ब्राइटनलाई पराजित गरेको छ । एलेक्स इओबी र नाचो मोनरियालको गोलमा आर्सनलले ३ अंक हात पार्‍यो । आर्सेन बेंगर क्लबमा आवद्ध भएको २१ औं वर्ष पुगेको अवसरमा आर्सनलले ७ दिनको अन्तरमा तेस्रो जित दर्ता गर्‍यो । अंक तालिकामा आर्सनल पाँचौ स्थानमा पुगेको छ ।

आर्सनल जित्दा लिभरपुल रोकियो

अर्को खेलमा लिभरपुल र न्युकासल युनाइटेडको खेल १-१ को बराबरीमा सकियो । फिलिपे कोउटिन्होले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो । तर लिभरपुलका पूर्व खेलाडी जोन्जो सेल्भीको पासमा जोसेलुले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

एभरटनले घरेलु मैदानमा बर्नलीसँग १-० को पराजय बेहोर्‍यो । २१ औं मिनेटमा जेफ हेन्द्रिकले गरेको गोल निर्णायक सावित भयो । सन् १९७६ यता बर्नलीको गुडिसन पार्कमा यो पहिलो जित हो ।

प्रकाशित : आश्विन १६, २०७४ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?