जर्मनी र इंग्ल्यान्ड विश्वकपमा छनोट

एएफपी

पेरिस — डिफेन्डिङ च्याम्पियन जर्मनीले अर्को वर्ष रुसमा हुने विश्वकपमा बिहीबार राति आफ्नो स्थान सुरक्षित गरेको छ । यसका लागि जर्मनीले उत्तरी आयरल्यान्डलाई ३–१ ले हरायो ।

जर्मनी र इंग्ल्यान्ड विश्वकपमा छनोट

यस्तै इंग्ल्यान्ड पनि विश्वकपको अन्तिम चरण पुगेको छ र उसले स्लोभेनियालाई १ –० ले पराजित गर्न सफल रह्यो । जोचिम लोको जर्मनीका लागि सबास्टिन रुडी र सान्ड्रो वान्गरले पहिलो हाफमा एक एक गोल गरे ।
बेलफास्टमा भएको खेलमा तेस्रो गोल सोसु किमिचको नाममा रह्यो । समूह सी को युरोपेली छनोटमा जर्मनीको यो नौ खेलमध्ये सबै नौ खेलमा जित हो ।

चार पल्टको विश्वकप विजेता जर्मनीले सन् १९३४ यता घर बाहिर खेलेका ४७ खेलमा अपराजित रहेको छ । इंग्ल्यान्डको जितमा भने ह्यारी केनले वेम्बलीमा भएको खेलमा ९४ औं मिनेटमा गोल गरे । इंग्ल्यान्ड लगातार छैटौं पल्ट विश्वकपमा छनोट भएको छ ।

प्रकाशित : आश्विन २०, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?