३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

क्रोएसियाली प्रशिक्षक बर्खास्त

रोयटर्स

जाग्रेब — क्रोएसियाले विश्वकप छनोटमा युक्रेनविरुद्धको महत्त्वपूर्ण खेलअगाडि प्रशिक्षक एन्टे कासिचलाई बर्खास्त गरेको छ । क्रोएसियाली फुटबल संघले प्रशिक्षकको जिम्मेवारी ज्लाक्टो डालिचलाई सुम्पेको छ ।

संघका अध्यक्ष डाभर सुकरले भनेका छन्, ‘अब डालिचलाई प्रशिक्षकको भूमिका निभाइएको छ । युक्रेनविरुद्ध घर बाहिरको अन्तिम खेलबाट उनले जिम्मेवारी सम्हाल्ने छन् ।’ पूर्व मिडफिल्डर रहेका ५० वर्षीय कासिच यसअघि इमिरेट्सको अल इन क्लबका प्रशिक्षक थिए ।

 

प्रकाशित : आश्विन २२, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?