फुटसल राष्ट्रिय टोलीको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको पहिलो औपचारिक राष्ट्रिय फुटसल टोली घोषणा गरेको छ । नेपालले असोज २९ बाट सुरु हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा सहभागिता जनाउँदै छ ।

फुटसल राष्ट्रिय टोलीको घोषणा

तीन चरणको छनोटपछि १४ सदस्यीय अन्तिम टोली छनोट भएको हो । गत महिना आयोजित राष्ट्रिय फुटसल लिगको प्रदर्शनका आधारमा २७ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाइएको थियो । प्रशिक्षण टोलीमा रहेका मुख्य प्रशिक्षक राकेश श्रेष्ठसँगै सहायक प्रशिक्षकद्वय विष्णु गुरुङ र राजेश शाहीले सम्पूर्ण छनोट एवं प्रशिक्षणको जिम्मेवारी सम्हालिरहेका छन् । तीन साताको प्रशिक्षण पश्चात् टोलीलाई २१ सदस्यमा झारिएको थियो ।
शनिबार १४ सदस्यीय टोली घोषणा हुँदा अधिकांश खेलाडी फुटबलमा देखा परिरहेका नाम छन् । नेपालले अर्को आइतबार हुने पहिलो खेलमा प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन उज्बेकिस्तानको सामना गर्दै छ । दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने नेपालले अन्तिम खेल मंगलबार तुर्कमेनिस्तानको सामना गर्नेछ ।

प्रतियोगिताको सम्पूर्ण खेल इरानको तब्रिजस्थित पौर शरिफी फुटसल हलमा हुनेछ । समूहको शीर्ष दुई स्थानमा रहने टोली सन् २०१८ मा चाइनिज ताइपेईमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि 
छनोट हुनेछन् ।

नेपाली टिम :
गोलरक्षक – अनिश श्रेष्ठ, सुमितकुमार आले
डिफेन्डर – सौरभ रखाल मगर, राज शाही, अमित तामाङ
मिडफिल्डर – नवीन लामा, अरुज सिंह, विनोद गुरुङ, मणि कुमार राना, अभय राना
फरवार्ड – सुसान श्रेष्ठ, सन्जोग महर्जन, निर्मल गुरुङ, सुरज राउत

प्रकाशित : आश्विन २२, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?