१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्वकप छनोट - फ्रान्स विजयी, नेदरल्यान्डलाई कठिन बाटो

एएफपी

पेरिस — फिफा विश्वकप छनोट युरोपको समूह 'ए' अन्तर्गत शनिबारका खेलमा फ्रान्स, स्विडेन र नेदरल्यान्डले जित दर्ता गरेका छन् ।

विश्वकप छनोट - फ्रान्स विजयी, नेदरल्यान्डलाई कठिन बाटो

फ्रान्सले बुल्गेरियालाई १–० ले पराजित गर्दै छनोट हुने सम्भावना बलियो बनाएको हो । बुल्गेरियामा भएको खेलमा फ्रान्सका ब्लेस मातुइडीले तेस्रो मिनेटमा गरेको गोल निर्णायक सावित भयो । समूहकै अन्य खेलमा मार्कस बर्ग एक्लैले ४ गोल गरेपछि स्विडेनले लक्जेम्बर्गलाई ८–० ले हरायो । नेदरल्याण्डले पनि बेलारुसलाई ३ – १ ले पराजित गर्‍यो । नेदरल्याण्डका लागि डेभी प्रोपर, आर्जेन रोबेन र मेम्फिस डिपेले एक एक गोल गरे । बेलारुसका माक्सिम भोलोड्कोले एक गोल फर्काए । यस नतिजासँगै समूहका शीर्ष ३ स्थानमा रहेका टोलीको छनोट हुने सम्भावना कायम छ ।

२० अंकसहित शीर्षस्थानमा रहेको फ्रान्सले अन्तिम चरणमा बेलारुससँग खेल्दैछ । १६ अंक सहित तेस्रो स्थानमा रहेको नेदरल्याण्डले अन्तिम खेलमा दोस्रो स्थानमा रहेको स्विडेन (१९ अंक) लाई भारी गोल अन्तरले पराजित गर्नुपर्ने हुन्छ । स्विडेनलाई भारी अन्तरले पराजित गरे मात्र नेदरल्याण्ड प्ले अफबाट रुसको यात्रा तय गर्ने मौका हुनेछ ।

प्रकाशित : आश्विन २२, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?