कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

विश्वकप छनोट - पोर्चुगल र बेल्जियम विजयी

रोयटर्स

ला भेला — विश्वकप छनोटमा युरोपको समूह 'बी' अन्तर्गत शनिबार राति पोर्चुगलले एण्डोरालाई २–० ले पराजित गर्दै विश्वकप छनोटको सम्भावना बलियो बनाएको हो ।

विश्वकप छनोट - पोर्चुगल र बेल्जियम विजयी

क्रिष्टियानो रोनाल्डो र आन्द्रे सिल्भाले दोस्रो हाफमा एक-एक गोल गरेपछि पोर्चुगलको जित निश्चित भयो । रोनाल्डो दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । फरो आइल्याण्ड र लात्भिया गोलरहित बराबरीमा रोकिँदा स्विट्जरल्यान्डले हंगेरीलाई ५-२ ले हराउँदै शीर्ष स्थानमा पकड कायम राख्यो । स्विट्जरल्यान्डको २७ अंक र दोस्रो स्थानमा रहेको पोर्चुगलको २४ अंक छ । अन्तिम चरणको खेलमा शीर्ष दुई टोली भिड्दैछन् । पोर्चुगलले अन्तिम खेलमा स्विट्जरल्यान्डलाई पराजित गरेको खण्डमा समूह विजेता बन्नेछ ।

यसैगरी समूह'एच' अन्तर्गत विश्वकपका लागि छनोट भइसकेको बेल्जियमले बोस्निया एण्ड हर्जगोभिनामा ४-३ को जित दर्ता गर्यो । इस्टोनियालव जिब्राल्टारलाई ६-० ले हराउँदा ग्रिसले साइप्रसलाई २-१ ले पाखा लगायो ।

प्रकाशित : आश्विन २२, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?