नाइजेरिया विश्वकपमा छनोट

रोयटर्स

उयो — नाइजेरिया फिफा विश्वकप २०१८ मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । शनिबार छनोट अन्तर्गत समूह 'बी' को खेलमा जाम्बियालाई १-० ले पराजित गर्दै नाइजेरियाले छनोट पक्का गरेको हो ।

जम्बियामा भएको खेलको दोस्रो हाफमा एलेक्स इवोबीले गोल गर्दै नाइजेरियाको जित पक्का गरेका थिए । आर्सनलबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले ७३ औं मिनेटमा गोल गर्दै नाइजेरियाको ५ खेलमा १३ अंक बनाए ।

नाइजेरिया पछिल्लो सात मध्ये ६ विश्वकपमा छनोट भएको छ । सन् २००६को विश्वकपमा नाइजेरिया छनोट भएको थिएन । गत संस्करणमा नाइजेरियाले समूह चरण पनि पार गरेको थियो ।

प्रकाशित : आश्विन २२, २०७४ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

विश्वकप छनोट - पोर्चुगल र बेल्जियम विजयी

रोयटर्स

ला भेला — विश्वकप छनोटमा युरोपको समूह 'बी' अन्तर्गत शनिबार राति पोर्चुगलले एण्डोरालाई २–० ले पराजित गर्दै विश्वकप छनोटको सम्भावना बलियो बनाएको हो ।

क्रिष्टियानो रोनाल्डो र आन्द्रे सिल्भाले दोस्रो हाफमा एक-एक गोल गरेपछि पोर्चुगलको जित निश्चित भयो । रोनाल्डो दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । फरो आइल्याण्ड र लात्भिया गोलरहित बराबरीमा रोकिँदा स्विट्जरल्यान्डले हंगेरीलाई ५-२ ले हराउँदै शीर्ष स्थानमा पकड कायम राख्यो । स्विट्जरल्यान्डको २७ अंक र दोस्रो स्थानमा रहेको पोर्चुगलको २४ अंक छ । अन्तिम चरणको खेलमा शीर्ष दुई टोली भिड्दैछन् । पोर्चुगलले अन्तिम खेलमा स्विट्जरल्यान्डलाई पराजित गरेको खण्डमा समूह विजेता बन्नेछ ।

यसैगरी समूह'एच' अन्तर्गत विश्वकपका लागि छनोट भइसकेको बेल्जियमले बोस्निया एण्ड हर्जगोभिनामा ४-३ को जित दर्ता गर्यो । इस्टोनियालव जिब्राल्टारलाई ६-० ले हराउँदा ग्रिसले साइप्रसलाई २-१ ले पाखा लगायो ।

प्रकाशित : आश्विन २२, २०७४ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्