कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाद्वारा पाकिस्तान पराजित

एएफपी

दुबई — अफ स्पिनर दिलरुवान परेराले पाँच विकेट लिएपछि ५ विकेटको प्रदर्शन गरेपछि श्रीलंकाले पाकिस्तानलाई दोस्रो टेस्टमा ६८ रनले हराएको छ । यससँगै श्रीलंकाले दुई टेस्टको सिरिज २-० ले जितेको छ । परेराले ९८ रन खर्चेर ५ विकेट लिए ।

श्रीलंकाद्वारा पाकिस्तान पराजित

यस्तोमा जितका लागि ३ सय १७ रन पछ्याइरहेको पाकिस्तान दुबाई स्टेडियममा पाँचौ तथा अन्तिम दिन २ घन्टाको खेलपछि २ सय ४८ रनमा अलआउट भयो । पाकिस्तानका लागि असद सफिकले मात्र संघर्ष गर्ने प्रयास गरे ।

उनले १ सय १२ रन बनाए । यो उनको ११ टेस्ट शतक रह्यो । उनले छैटौं विकेटका लागि ६८ रन बनाएका सरफराज अहमदसँग १ सय ७३ रनको साझेदारी गरे । श्रीलंकाले त्यो साझेदारी तोडेयता श्रीलंकाको जित औपचारिक मात्र रह्यो ।

प्रकाशित : आश्विन २४, २०७४ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?