कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

अस्ट्रेलियाले गर्‍यो सिरिज बराबर

एएफपी

गवाहटी — अस्ट्रेलियाले दोस्रो ट्वान्टी-ट्वान्टीमा मंगलबार भारतलाई ८ विकेटले हराएर तीन खेलको सिरिजलाई १–१ को बराबरीमा ल्याएको छ ।

अस्ट्रेलियाले गर्‍यो सिरिज बराबर

पहिले ब्याटिङ गरेको भारतले कमजोर ब्याटिङ गर्दै २० ओभरमा अलआउट हुन अगाडि १ सय १८ रन मात्र बनाउन सक्यो । जवाफमा पाहुना टिमले २७ बलको खेल बाँकी छँदै दुई विकेट गुमाएर सजिलै जितसम्म पुग्यो । 

अस्ट्रेलियाका लागि मोइस हेनरिक्सले नटआउट रहेर सर्वाधिक ६२ रन बनाए । अब तेस्रो तथा निर्णायक खेल शुक्रबार हैदरावादमा हुनेछ । 

प्रकाशित : आश्विन २५, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?