३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हङकङविरुद्ध खेलअघि के भन्छन् कप्तान र प्रशिक्षक ? [भिडियोसहित]

विनोद पाण्डे

हङकङ — नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौं चरणको खेलमा हङकङको सामना गर्दैछ । शुक्रबार र आइतबार हुने खेलका लागि नेपाली टोली बुधबार हङकङ आइपुगेको छ । पहिलो दिन विश्राम लिएको नेपाली टोलीले बिहिबार प्रशिक्षण गर्ने कार्यक्रम छ ।

हङकङविरुद्ध खेलअघि के भन्छन् कप्तान र प्रशिक्षक ? [भिडियोसहित]

हङकङ आइपुगेपछि खेलका बारेमा बोल्दै कप्तान पारस खड्काले नेपाली टोली पूर्णरुपमा तयार रहेको बताए । उनले भने, ‘मैदानको बारेमा थाहा भएर हामीले केही योजनाहरु बनाएका थियौं । फास्ट बलर र स्पिनर दुबै उत्तिकै मात्रामा छन् । यही बलिङमा हामी बलियो छौं भन्न मिल्दैन् । पिच जस्तो भए पनि आफूले बनाएको योजनाअनुसार खेल्यौं भने चाहेको नतिजा आइहाल्छ ।’उनले सानो मैदान भएकाले ब्याटिङलाई केहि फाइदा पुग्ने पनि बताए ।

प्रशिक्षक जगत टमाटा पहिला ब्याटिङ गरेर सुरक्षित भएर खेल्ने हो भने खेल जितिन्छ भन्नेमा छन् । ‘विकेट सिधा भागको लम्बाई निकै सानो छ, एक छेउको अन्तिम विकेटमा खेल्न लागिएकाले एक भागको लम्बाई लामो र अर्को भाग छोटो छ । त्यही भएर २ सय ८० रनको स्कोर पनि यहा सुरक्षित हुन्छ,’ उनले भने ।

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा छैटौं स्थानमा छ । शीर्ष चारमा पर्ने टोलीले विश्वकप छनोट खेल्ने छ भने पुछारका चार टोली डिभिजन टु मा घटुवा हुनेछन् । नेपाललाई शीर्ष चारमा स्थान बनाउन बाँकी सबै खेल्न जित्नपर्ने दबाब छ ।

प्रकाशित : आश्विन २५, २०७४ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?