अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको चौथो संस्करण सुरु

कान्तिपुर संवाददाता

दोलखा — सर्वाधिक राशीको माउण्ट गौरीशंकर अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको चौथो संस्करण बुधवारबाट सदरमुकाम चरिकोटमा शुरु भएको छ ।

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको चौथो संस्करण सुरु

नेपाल चेस कल्व र दोलखा बुद्धिचाल संघको आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन नेपाल च्याम्पियन, पूर्वनेपाल च्याम्पियन र शीर्ष वरियताका सबै खेलाडीले जित हात पारेकाछन् । नेपालका शिर्ष वरियताका सुमित पन्तले भारतिय मध्यम वरियताका रगविन्द्र कुमार शुक्लालाई पराजित गरे ।

बंगलादेशका मध्यम वरियताका अकिव जवादले नेपालका वरियता विहिन धुव्र खड्कालाई पराजित गरेकाछन् । यस्तै नेपाल च्याम्पियन मदनलाल कायस्थले नेपालकै कृपा अधिकारी, पूर्वनेपाल च्याम्पियन सुरविर लामाले मोहमद इमरान खान र बद्री नेपालीले गोविन्द श्रेष्ठलाई पराजित गरेकाछन् । पहिलो दिन पूर्वनेपाल च्यापियन मनिष हमाल, केशव श्रेष्ठ, नवीन तण्डुकार पनि आ–आफ्नो खेलमा विजयी भए ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेशका एक सय १० जना खेलाडी सहभागी छन् । यस्तै प्रतियोगितामा दृष्टिवीहिन खेलाडी माधव विरश्वकर्मा पनि सहभागी भएकाछन् । कुल ३ लाख ५० हजार पुरस्कार रहेको प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार नगद प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताका विभिन्न ४८ विधाका खेलाडीलाई पनि पुरस्कार राशी प्रदान गरिनेछ । स्वीस लिग अन्र्तगत नौ चरणसम्म चल्ने प्रतियोगिता असोज २९ सम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित : आश्विन २५, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?