एपीएफ विजयी

कान्तिपुर संवाददाता

मोरङ — दोस्रो डाँगीहाट गोल्डकप फुटबलको उद्घाटन खेलमा एपीएफ झापाले धरान एघारलाई ३–१ ले पराजित गरेको छ ।

खेलको तेस्रो मिनेटमै एपीएफका सुनील राईले प्रहार पोस्टमा ठोक्किएर बाहिरियो । १५ औं मिनेटमा एपीएफकै सुवर्ण लिम्बूले वान भर्सेज वानमा गोल गर्न सकेनन् ।

दुई राम्रा अवसर चुकेको अवस्थामा २३ औं मिनेटमा बुद्धिमान राईको पासमा सुनील राईले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । खेलको ३५ औं मिनेटमा धनबहादुर श्रेष्ठले अर्को गोल थपे । त्यसअघि उनले ३० मिनेटमा प्रहार गरेको बल पोलमा ठोक्किएको थियो ।

४२ औं मिनेटमा एपीएफका बुद्धिमान फ्रिकिक सदुपयोग गर्दै गोल गर्न सफल भए । खेलको ६५ औं मिनेटमा धरानका तीर्थ बस्नेतको पासमा सुवर्ण लिम्बूले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सशस्त्र झापाका बुद्धिमान राई भए ।

प्रकाशित : आश्विन २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?