दोस्रो भ्याली कप

कान्तिपुर संवाददाता

पाल्पा — दमकडा फुटबल क्लबको आयोजनामा बुधबार सुरु दोस्रो भ्याली कप प्रतियोगितामा सराई, बाँसटारी र अँगेनी फुटबल क्लब विजयी भएका छन् । सराई फुटबल क्लब कसेनीले संगम फुटब क्लब मदनपोखरालाई ३–० ले हरायो । सराईका कुलबहादुर सारुले २ र सुजन रानाले १ गोल गरे ।

वंशगोपाल फुटबल क्लब बाँसटारीले लाङ्घाली फुटबल क्लबमाथि पाएको ५–१ को जितमा अमोश पुनले २, विवेक पुन, राम थापा र लक्ष्य थापाले १–१ गोल गरे । लाङ्घालीका सुजन थापाले एक गोल गरे । अँगेनीले आयोजक दमकडा फुटबल क्लब ‘बी’ लाई टाइब्रेकरमा ३–२ ले हरायो ।

टाइब्रेकरमा अँगेनीका नीरज घर्ती, मोहन थापा र दीपेश गाहा तथा दमकडाका करण थापा र लोकेन्द्र थापाले गोल गरे । पाल्पा र रूपन्देहीका १६ टिमले भाग लिएका छन् ।

प्रकाशित : आश्विन २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?