कल्याणटार सफल

कान्तिपुर संवाददाता

हेटौंडा — हटियामा बुधबार सुरु केशवलाल श्रेष्ठ स्मृति तेस्रो जिल्लास्तरीय भलिबल प्रतियोगिता कल्याणटार युवा समाजले आग्राको भलिबल टिमलाई २५–२२, २५–१७ को सोझो सेटमा पराजित गरेको छ ।

हटिया स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिका १७ का वडाध्यक्ष भैरव राईले उद्घाटन गरे । नेपाल चौरमा आयोजित प्रतियोगितामा जिल्लाका १० टिमले भाग लिएका छन् । 
असोज २८ सम्म हुने प्रतियोगिता विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ जित्ने छन् । प्रतियोगितालाई रेडबुल, शिवम् सिमेन्टलगायत विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेको एकेडेमीमा अध्यक्ष छविलाल सुवेदीले वताए । 

 

प्रकाशित : आश्विन २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?