अरुणभ्याली फुटबल आजदेखि

कान्तिपुर संवाददाता

संखुवासभा — खाँदबारीमा एक नम्बर प्रदेशस्तरीय सातौं अरुणभ्याली रनिङ सिल्ड फुटबल बिहीबारदेखि हुने भएको छ । एड्भान्स क्लबले आयोजना गर्ने प्रतियोगितामा भोजपुर, धनकुटा, सुनसरी र मोरङका १६ टोलीले भाग लिने छन् ।

आयोजकले पत्रकार सम्मेलन गरेर पुरस्कार राशि पनि सार्वजनिक गरेको छ । विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रोले ४० हजार, चौथो हुने टिमले २० हजार पुरस्कार पाउने छन् ।

 

प्रकाशित : आश्विन २६, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?