३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जीएचसीए टोली बंगलादेशतिर

कान्तिपुर संवाददाता

काठमाडौं — बीकेएसपी यू–१८ कप क्रिकेटमा सहभागिता जनाउन ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) को टोली बंगलादेश गएको छ ।

बंगलादेश इन्स्टिच्युट अफ स्पोर्ट्सको आयोजनामा हुने प्रतियोगितामा सहभागिता जनाउन १९ सदस्यीय टोली बुधबार त्यसतर्फ गएको हो । ६ टोली सहभागी रहने स्पर्धामा दुई समूह छ । स्पर्धा बुधबार सुरु भएको छ । जीएचसीए टोली प्रशिक्षकमा सुदीप शर्मा, व्यवस्थापकमा सुमनराज कार्की र सहायक व्यवस्थापकमा नरेश केसी छन् ।

 

प्रकाशित : आश्विन २६, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?