२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हङकङ विरुद्ध शरदले नखेल्ने !

विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल शुक्रबार र आइतबार
विनोद पाण्डे

हङकङ — नेपालका प्रमुख व्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबार हुने खेल गुमाउने सम्भावना बढेर गएको छ । अस्वस्थताका कारण उनले खेल गुमाउन लागेका छन् । अहिले उनलाई अत्याधिक ज्वरो आएको छ । ज्वरो आएपछि उनी टिन क्वोङ रोड रिक्रिएसन मैदानमा बिहीबारको जारी अभ्यास सत्रमा अनुपस्थित रहे ।

हङकङ विरुद्ध शरदले नखेल्ने !

नेपालका प्रमुख व्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबार हुने खेल गुमाउने सम्भावना बढेर गएको छ ।

अस्वस्थताका कारण उनले खेल गुमाउन लागेका छन् । अहिले उनलाई अत्याधिक ज्वरो आएको छ । ज्वरो आएपछि उनी टिन क्वोङ रोड रिक्रिएसन मैदानमा बिहीबारको जारी अभ्यास सत्रमा अनुपस्थित रहे । उनी होटल रेगलमा नै आराम गरेर बसिरहेका छन् । स्रोतका अनुसार उनलाई बुधबार रातिदेखि नै ज्वरो आउन थालेको थियो । अहिले उनलाई १०१ डिग्री ज्वरो आएको छ ।

त्यसो त उनी नेपालबाट हङहङ उड्ने बेलामा पनि अस्वस्थ थिए । उनले नखेल्ने भएपछि नेपाली टिमले विकल्पमा नेपालबाट अर्को खेलाडी ल्याउने तयारी समेत गरिहरेको जनाएको छ । नेपालले चारजना वैकल्पिक खेलाडी तयारी अवस्थामा राखेको छ ।

च्याम्पियनसिपमा शरद भेषावकरले १० खेलमा ३२१ रन बनाएका छन् र उनी भन्दा सर्वाधिक रन बनाउने कप्तान पारस खड्काले ३५२ रन बनाएका छन् ।

प्रकाशित : आश्विन २६, २०७४ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?