कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग समाप्त [अपडेट]

नेपाल अलआउट, हङकङ ८३ रनले विजयी

काठमाडौं — विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ । पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग सक्किएको छ । शुक्रबार हङकङस्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङले नेपालमाथि ८३ रनको जित निकाल्यो ।

नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग समाप्त [अपडेट]

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ । पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग सक्किएको छ ।

शुक्रबार हङकङस्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङले नेपालमाथि ८३ रनको जित निकाल्यो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अन्तिम बलमा हङकङलाई अल आउट गरेको थियो ।

हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।

हङकङको तर्फबाट जेमी एट्किन्सनले सर्वाधिक ७६ रन बनाए भने नेपालको तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिए ।

जवाफी व्याटिङमा आएको नेपालले आशातित व्याटिङ गर्न सकेन । सुरुआती व्याट्सम्यान सस्तै रनामा आउट भएपछि नेपाली इनिङ्स धर्मरिएको थियो ।

नेपाल ३४.५ ओभरमा अल आउट भएको थियो । उसले जम्मा १ सय ११ रन मात्रै बनाउन सक्यो । नेपालको तर्फबाट कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । हङकङका लागि एहेसान खानले ५ विकेट लिए ।

नेपालले हङकङ विरुद्ध दोस्रो खेल आइतबार खेल्ने छ ।

...

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपालले १ सय ९५ रनको लक्ष्य पाएको छ । पुरै ओभर ब्याटिङ गरेको हङकङ इनिङ्सको अन्तिम बलमा रनआउट हुँदै १ सय ९४ रनमा अल आउट भएको थियो । ताजा अवस्थामा नेपालले ९ विकेट गुमाइसकेको छ । विनोद भण्डारी आउट भएका छन्।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई करण केसीले राम्रो सुरुआत दिलाए । चौथो ओभरमा उनको बलमा ओपनर अन्सुमन रथलाई स्लिपमा रहेका ज्ञानेन्द्र मल्लले उत्कृष्ट क्याच लिँदै शून्यमा पेभेलियन फर्काए । बाबर हायातले आक्रामक ब्याटिङ गर्दै २६ बलम २९ रन जोडे । दिपेन्द्र सिंह ऐरीले कप्तान हायातलाई उत्कृष्ट रनआउट गरेपछि नेपाल बलियो स्थितमा पुग्यो ।

ओपनर जेमी एटकिन्सनले ७६ रन जोड्दा अन्य मध्यक्रमका ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । एटकिन्सनले १ सय १७ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । तल्लोक्रममा ब्याट्सम्यान तनवीर अफजलले ४२ बलमा ३८ रन जोडेपछि हङकङले प्रतिस्पर्धात्मक योगफल तयार पार्‍यो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी र वसन्त रेग्मीले २/२ विकेट र सुशन भारीले एक विकेट हात पारे ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङकङ स्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा खेल हुनेछ । नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । हङकङ १ सय ९४ रनमा अल आउट भएको छ।

नेपाललाई पाँचौ सफलता ! सन्दिप लामिछानेले शहिद वासिफलाई एल्बीडब्लु धरापमा पारेका छन् । हङकङ १०९/५ (३०.४ ओभर) ।

तेस्रो विकेटको रुपमा हङकङका निजाकत खान स्टम्प आउट भएका छन् । हङकङका बाबर हायत दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिट गर्दा रन आउट भएका छन् । हङकङले पहिलो विकेटको रुपमा अन्सुमन रथलाई गुमाएको थियो ।

च्याम्पियनसिपको छैटौं चरणमा यो अन्तिम खेल हो । हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । च्याम्पियनसिपको शीर्ष चार टोली अर्को वर्ष जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्ने प्रावधान छ । नेपालले पछिल्लो पटक हङकङसँग मार्चमा खेलेको थियो । ज्ञानेन्द्रको ७० रनमा नेपालले सो खेल ७ विकेटले जितेको थियो ।

दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । नेपालले हङकङपछि युएईसँग युएईमा गएर खेल्दै छ । नेपालले हङकङ र युएईसँगका २—२ खेलमा विजय हात पारेमा शीर्ष चारमा पर्ने सम्भावना बलियो हुन्छ । एक खेल हारेमा पनि नेपाल शीर्ष चारको दौडबाट बाहिरिन सक्छ ।

प्रमुख ब्याट्सम्यान शरद भेषावकर अस्वस्थका कारण हङकङसँग शुक्रबार र आइतबार हुने खेल गुमाउने भएकाले नेपाली टोलीमाथी दबाब थपिएको छ । शरदले १० खेलमा नेपालबाट ३ सय २१ रन बनाएका छन् । उनीभन्दा बढी रन च्याम्पियनसिपमा कप्तान पारस खड्का (३५२) ले बनाएका छन् । शरद नखेल्ने भएपछि उनले ब्याटिङ गर्ने तेस्रो नम्बरमा कप्तान पारस खड्काले ब्याटिङ गर्ने भएका छन् । मैदानको आकार सानो भएका कारण खेल ‘हाइ स्कोरिङ’ हुने अनुमान गरिएको छ ।

कान्तिपुर संवाददाता विनोद पाण्डे र हेमन्त श्रेष्ठ मार्फत मैदानबाट प्रत्यक्ष अपडेटमा छौं ।

प्रकाशित : आश्विन २७, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?