३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मायांका र प्रेरणा भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौं — सातदोबाटोस्थित टेनिस कोर्टमा जारी दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिसको महिला सिंगलको फाइनलमा मायांका राणा र प्रेरणा कोइराला पुगेका छन् ।

बिहीबार मायांकाले गंगा शर्मालाई ६–३, ७–५ ले हराउँदा प्रेरणाले माहिका राणामाथि ६–०, ६–१ ले सोझो सेटमा जित निकाल्दै उपाधि पक्का गरेका हुन् ।

महिला डबल्सको सेमिफाइनलमा राणा दिदीबहिनी मायांका र माहिकाको जोडीले विजिशा श्रेष्ठ र भगवती बिकेको जोडीलाई ६–०, ६–२ ले पराजित गरी फाइनल सुरक्षित गर्‍यो । उनीहरूले शुक्रबार फाइनलमा अभिलाषा विष्ट र गंगा शर्माको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । गंगा र अभिलाषाले सलोनी तामाङ र प्रेरणा कोइरालालाई ७–६, ६–१ ले हराए । पुरुष सिंगलतर्फ कमलबहादुर भण्डारी, प्रणव खनाल, प्रदीप खड्का र सन्तोष खत्री सेमिफाइनल पुगे ।

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?