कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अटाएनन् सहायक प्रशिक्षक

कान्तिपुर संवाददाता

काठमाडौं — एन्फाले ९ अफिसियलसहित २३ सदस्यीय टोलीलाई बिदाइ गरे पनि त्यसमा टोलीका सहायक प्रशिक्षक भने परेका छैनन् । फुटसल टोली निर्माणको सुरुदेखि नै मुख्य प्रशिक्षक राकेश श्रेष्ठसँग विष्णु गुरुङ र राजेश खड्गी सहायक प्रशिक्षकमा कार्यरत थिए । तर विष्णु इरान जाने टोलीमा अटाएनन् ।

प्रतियोगिता नियमावलीअनुसार आयोजकले ६ अफिसियल र १४ खेलाडीको खर्च बेहोर्ने प्रावधान छ । यसबाहेक सम्पूर्ण खर्च सहभागी राष्ट्र आफैंले बेहोर्नुपर्ने हुन्छ । 

इरान जाने नेपाली टोलीका अफिसियलमा प्रशिक्षक राकेश र सहायक प्रशिक्षक राजेशसँगै टोली व्यवस्थापकमा फुटसल समितिका उपसंयोजक विनोद गुरुङ छन् । यसबाहेक फुटसल समितिका संयोजक रमेश रायमाझी ‘हेड अफ डेलिगेसन’ र लक्ष्मण अधिकारी फिजियो छन् । अन्य अफिसियलको भूमिकामा एन्फाका लेखा प्रमुख मोतीलाल श्रेष्ठ, फुटसल व्यवसायी संघका अध्यक्ष राज महर्जन, टर्नपाइक इभेन्टका मार्केटिङ अफिसर प्रसुन श्रेष्ठ र एन्फासँग सम्बन्धित नरहेका हरिशंकर महर्जन रहेका छन् ।

एन्फाले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सम्बन्धित विधाका प्रशिक्षकहरूको स्थानमा विधा नतोकिएका व्यक्तिहरूलाई अफिसियलका रूपमा सहभागी गराउँदै आएको छ ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?