युरोपको विश्वकप प्लेअफ ड्र आज हुँदै

एजेन्सी

ज्युरीच — फिफा विश्वकप २०१८ को छनोट अन्तर्गत युरोपियन प्लेअफको ड्र मंगलबार स्विटजरल्यान्डको ज्युरिचमा हुँदैछ । प्लेअफमा पुगेका आठ टोलीलाई फिफा वरियताको आधारमा दुई समूहमा बाँडिएको छ ।

युरोपको विश्वकप प्लेअफ ड्र आज हुँदै

फिफा विश्वकप २०१८ को छनोट अन्तर्गत युरोपियन प्लेअफको ड्र मंगलबार स्विटजरल्यान्डको ज्युरिचमा हुँदैछ । प्लेअफमा पुगेका आठ टोलीलाई फिफा वरीयताको आधारमा दुई समूहमा बाँडिएको छ । पहिलो समूहमा शीर्ष चार र अर्कोमा पुछारका चार टोली रहनेछन् । ड्र नेपाली समयानुसार साँझ ५:४५ मा हुँदैछ ।

ड्र समारोहमा पहिलो समूहका टोलीले दोस्रो समुहका टोलीसँग खेल्नेछन् । दुवै समूहबाट एक/एक टोलि गरेर कुल चार खेल हुनेछ । प्लेअफ अन्तर्गत होम र अवेका दुवै खेल नोभेम्बर ९ र १४ मा हुनेछ ।

इटाली, क्रोयसिया, स्विटजरल्यान्ड र डेनमार्क सम्मिलित शीर्ष समूहका टोलीलाई पट १ मा राखिको छ । यस्तै पट २ मा उत्तरी आयरल्यान्ड, आयरल्यान्ड गणतन्त्र, ग्रिस र स्विडेन छन् ।

विश्वकप अन्तर्गत अन्तरमहादेशीय प्लेअफमा न्युजिल्यान्ड र पेरु खेल्दैछन् भने अस्ट्रेलियाले होन्डुरसको सामना गर्दैछ ।

प्रकाशित : आश्विन ३१, २०७४ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?