कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुल ७-० ले विजयी

रोयटर्स

लन्डन — प्रिमियर लिगको टोली लिभरपुलले युइएफा च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा मारिबोरलाई ७-० ले पराजित गरेको छ ।

लिभरपुल ७-० ले विजयी

खेलको सुरुआती मिनेटदेखि आक्रामक देखिएको लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिनोले दुई-दुई गोल गरे । अन्य गोल फिलिपे कौटिन्हो, एलेक्स अकसलेड चेम्बरलिन र ट्रेन्ट एल्क्जेन्डर आर्नोल्डको नाममा रह्यो । 

समूहको अर्को खेलमा स्पार्टाक मस्कोले सेभियालाई ५-१ ले पराजित गर्यो । उसको जितमा क्विन्ची प्रोमेसले दुइ गोल गरे । 

समूह 'ई'मा समान ५/५ अंक बोकेका लिभरपुल र स्पार्टाक समुहको शीर्ष स्थानमा छन् भने ४ अंक जोडेको सेभिया तेस्रोमा छ । 

प्रकाशित : कार्तिक १, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?