३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नवलपुर युनाइटेडलाई उपाधि

अनिश तिवारी

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका ऐंसलुखर्क मैदानमा भएको प्रथम जिल्लास्तरीय फुटबल प्रतियोगितामा नवलपुर युनाइटेड क्लबल ‘ए ’विजयी भएको छ । अन्तिम खेलमा नवलपुर युनाइटेड 'ए' ले नवलपुर युवा क्लबलाई १–० को अन्तरमा पराजित गरेको हो । प्रतिस्पर्धामा १४ समूह थिए ।

नवलपुर युनाइटेडलाई उपाधि

बिजेता टिम 'ए' लाई नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष राजेन्द्रमान ताल्चाभडेलले नगद एक लाख ५१ हजार, इन्द्रावती गापा प्रमुख वंशलाल तामाङले द्वितीय हुने नवलपुर युवा क्लबको समुहलाई एक लाख एक हजार र तेस्रो गोल्मादेवीले ५१ हजार र मेडलकप, प्रमाणपत्र पाएका छन् ।

प्रकाशित : कार्तिक १, २०७४ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?