मेसीको सयौं युरोपेली गोल

एएफपी

पेरिस — लियोनल मेसीले आफ्नो सयौं युरोपेली गोलको उपलब्धी हात पारेपछि च्याम्पियन्स लिगमा बार्सिलोनाले बुधबार राति ओलम्पियाकोजलाई ३–१ ले हराएको छ ।

समूह डी को खेलमा बार्सिलोना दोहोरो पहेंलो कार्डमा जिरार्ड पिकेलाई गुमाएयता दस खेलाडीमा सीमित रहेर खेल्न बाध्य रहेको थियो । अर्जेन्टिनी खेलाडी मेसीले फ्रि किकबाट सुन्दर गोल गरेका हुन् ।

समूहको अर्को खेलमा युभेन्ट्सले स्पोर्टिङ सीपीलाई २–१ ले पराजित गर्न सफल रह्यो । लिग तालिकामा बार्सिलोनाको तीन खेलबाट नौ अंक छ र शीर्ष स्थानमा छ । उसको पछाडि युभेन्ट्स छ अंकमा रहेको छ ।

प्रकाशित : कार्तिक २, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

पाकिस्तानलाई वान डे सिरिज

एएफपी

दुबई — पाकिस्तानले तेस्रो डे नाइट वान डेमा बुधबार राति श्रीलंकालाई सात विकेटले हराएको छ । यस जितपछि ५ खेलको सिरिजमा पाकिस्तान ३–० ले अगाडि रह्यो र सिरिज जित्न सफल रह्यो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले सेख जयेद स्टेडिममा ४८.२ ओभरमा अलआउट हुन अगाडि २ सय ८ रन मात्र बनाउन सक्यो । त्यसमा पेसम्यान हसन अलिले ५ विकेटको प्रदर्शन गरे ।

जवाफमा पाकिस्तानले ४२.३ ओभर मात्र उपयोग गरेर तीन विकेटमा २ सय ९ रन बनाउन सफल रह्यो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले शतकीय इनिङ्स खेले । यसै खेलबाट उनले वान डे क्रिकेटमा डेब्यु पनि गरे ।

प्रकाशित : कार्तिक २, २०७४ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्