श्रीलंकामाथि पाकिस्तान हाबी

एएफपी

सारजहा — पाकिस्तानले शुक्रबार राति वान डे क्रिकेटमा लगातार आठौं जित आत्मसात् गरेको छ । यसका लागि उसले श्रीलंकामाथि हाबी रहने क्रममा सात विकेटको जित निकालेको हो ।

पाकिस्तान ११ ओभरको खेल अगाडि नै विजयी रह्यो र यससँगै ५ खेलको सिरिजमा ४–० को अग्रता लिन सफल रह्यो । अब सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

पहिले ब्याटिङ गरेको श्रीलंका ४३.४ ओभरमा १ सय ७३ रन बनाएर अलआउट भयो । जवाफमा पाकिस्तानले ३९ ओभरमा तीन विकेट गुमाएर १ सय ७७ रन बनायो ।

प्रकाशित : कार्तिक ४, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

मोटरसाइकल जुद्धा एकको मृत्यु, ४ घाइते

कान्तिपुर संवाददाता

विराटनगर — मोरङको बेलबारी नगरपालिका-७ कसेनीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

चारजना घाइते भएका छन् । बा ७ प ७२७७ नम्बर मोटरसाइकलले ठक्कर दिँदा को १३ प ८०३३ नम्बर मोटरसाइकलमा सवार स्थानीय ३२ वर्षीय राजकुमार कार्कीको गाएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार केदार कार्की, मनबहादुर तामाङ, शारदा बिश्ट र एक बालिका घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७४ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्