म्यानचेस्टर सिटी ५ अंकले अगाडि

एएफपी

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ५ अंकको स्पष्ट अग्रता खोलेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले स्तब्धपूर्ण हार बेहोरेपछि सिटी आरामले शीर्ष स्थानमा रहन सकेको हो ।

म्यानचेस्टर सिटी ५ अंकले अगाडि

सिटीले घरमा बर्नलीलाई ३–० ले हरायो र त्यसमा सर्जियो एगुरोले क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गरे । उनले सिटीका लागि आफ्नो १ सय ७७ औं गोल गर्दै एरिक ब्रुक्सको कीर्तिमानको बराबरी गरे ।

यसअघि म्यानचेस्टर हडर्सफिल्डसँग २–१ ले पराजित रह्यो । हडर्सफिल्डले लिगमा म्यानचेस्टरलाई हराएको यो सन् १९५२ यता पहिलो पटक हो । शनिबारको अर्को महत्त्वपूर्ण खेलमा चेल्सीले वाटफोर्डलाई ४–२ ले पराजित गरेको थियो ।

प्रकाशित : कार्तिक ५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?