शीर्षस्थानका नेपोली र इन्टर बराबरीमा

एएफपी

मिलान — इटालियन सिरी 'ए' अन्तर्गत शनिबार अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टोलीले अंक बाँडेका छन् । नेपोलीको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकियो ।

यस नतिजासँगै नेपोलीले शीर्षस्थानमा २ अंकको अग्रता कायमै राखेको छ । नेपालीको ९ खेलमा २५ अंक छ भने इन्टरले २३ अंक जोडेको छ ।

शनिबारकै अर्को खेलमा साम्पडोरियाले क्रोटोनेलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो । जितसँगै ८ खेलमा १७ अंक जोड्दै साम्पडोरिया पाँचौ स्थानमा उक्लियो ।

प्रकाशित : कार्तिक ५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

म्यानचेस्टर सिटी ५ अंकले अगाडि

एएफपी

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ५ अंकको स्पष्ट अग्रता खोलेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले स्तब्धपूर्ण हार बेहोरेपछि सिटी आरामले शीर्ष स्थानमा रहन सकेको हो ।

सिटीले घरमा बर्नलीलाई ३–० ले हरायो र त्यसमा सर्जियो एगुरोले क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गरे । उनले सिटीका लागि आफ्नो १ सय ७७ औं गोल गर्दै एरिक ब्रुक्सको कीर्तिमानको बराबरी गरे ।

यसअघि म्यानचेस्टर हडर्सफिल्डसँग २–१ ले पराजित रह्यो । हडर्सफिल्डले लिगमा म्यानचेस्टरलाई हराएको यो सन् १९५२ यता पहिलो पटक हो । शनिबारको अर्को महत्त्वपूर्ण खेलमा चेल्सीले वाटफोर्डलाई ४–२ ले पराजित गरेको थियो ।

प्रकाशित : कार्तिक ५, २०७४ ०८:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT