कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बार्सिलोनाको अपराजित यात्रा कायमै

एएफपी

म्याड्रिड — स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले मालागालाई हराउँदै अपराजित यात्रा कायम राखेको छ । जेरार्ड देउलेफेउ र आन्द्रेस इनिएस्टाको गोलमा बार्सिलोना २-० ले विजयी रह्यो

बार्सिलोनाको अपराजित यात्रा कायमै

 । भ्यालेन्सियाले पनि सेभियालाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । उसको जितमा गोन्कालो ग्वेडेसले दुई तथा सिमोने जाजा र सान्टि मिनाले १/१ गोल गरे ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २५ अंक छ भने दोस्रो स्थानको भ्यालेन्सियाले २१ अंक जोडेको छ । एक खेल कम खेलेका म्याड्रिड टोली रियल र एटलेटिकोको क्रमश: १७ र १६ अंक छ ।

शनिबार लेभान्टे र गेटाफेले १-१ को बराबरीमा सकिंदा रियल बेटिसले अलाभेसलाई २-० ले हरायो ।

प्रकाशित : कार्तिक ५, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?