बायर्न र डर्टमुन्डको अंक बराबरी

एएफपी

म्युनिख — जर्मन बुन्डेस्लिगा अन्तर्गत शनिबार डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले ह्यामबर्गको घरेलु मैदानमा जित निकाल्दा बोरुसिया डर्टमुन्ड बराबरीमा रोकियो । यस नतिजासँगै डर्टमुन्डले शीर्षस्थानमा २ अंकको अग्रता गुमाएको छ ।

बायर्न र डर्टमुन्डको अंक बराबरी

बायर्नले ह्यामबर्गलाई १-० ले पराजित गर्दा कोरेन्टिन टोलिसो नायक बने । उनले ५२औं मिनेटमा थोमस मुलरको पासलाई सदुपयोग गर्दै गरेको गोल निर्णायक सावित भयो ।

अर्कोतर्फ आइनट्रयाक्ट फ्र्यांकफर्टको मैदानमा डर्टमुन्डले २-० को अग्रता गुमायो । नुरी साहिं र म्याक्स फिलिपको गोलमा अगी बढेको पाहुना टोलीले दोस्रो हाफको पाँच मिनेटको अन्तरमा दुई गोल खायो । फ्र्यांकफर्टका लागि सबास्टियन हल्लर र मारियास वोल्फले गोल गरे ।

बायर्न र डर्टमुन्ड अंक तालिकामा शीर्ष दुई स्थानमा छन् । ९ खेलमा २० अंक जोदेअक दुवै टोलीको पछाडी १९ अंक जोडेको आरबी लाइप्जिग छ । लाइप्जिगले शनिबारको खेलमा स्टुट्गार्टलाई १-० ले हरायो । साल्काले माइन्जलाई २-० ले पछि पार्दा ह्यानोभरले अग्स्बर्गलाई २-१ ले पराजित गर्‍यो ।

प्रकाशित : कार्तिक ५, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?