१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चार भारोत्तोलक एसिया कपमा

कान्तिपुर संवाददाता

काठमाडौं — नेपालका चार भारोत्तोलकले एसिया कप तथा अन्तरक्लब भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

दक्षिण कोरियाको योङगुमा अक्टोबर २८ देखि नोभेम्बर २ सम्म हुने प्रतियोगितामा नेपालका २–२ पुरुष/महिला खेलाडी भाग लिने छन् । त्यसअघि नेपाली खेलाडी चार दिन प्रशिक्षणमा संलग्न हुने नेपाल भारोत्तोलन संघले जनाएको छ ।

पुरुषमा कमलबहादुर अधिकारीले ७७ केजी र प्रकाश केसीले ६९ केजी तौलसमूह तथा महिलातर्फ ५३ केजीमा सन्जु चौधरी र ५८ केजीमा कमला श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रकाशबाहेक सबै राष्ट्रिय कीर्तिमानधारी खेलाडी हुन् ।

१० औं सागका स्वर्णधारी कमलको नाममा स्न्याचमा १२० र क्लिन एन्ड जर्कमा १६० केजीको कीर्तिमान छ । सन्जुको नाममा स्न्याचमा ६० केजी र क्लिन जर्कमा ८१ केजीको कीर्तिमान छ । कमलाको स्न्याचतर्फ ६८ केजी र क्लिन एन्ड जर्कतर्फ ८५ केजीको राष्ट्रिय कीर्तिमान कायम छ ।

प्रशिक्षकमा सञ्जय महर्जन र जीवन गौतम छन् । गौतमले टिम व्यवस्थापकको भूमिकासमेत निभाउने संघले जनाएको छ । अशोक शाही निर्णायकका रूपमा नेपाली टोलीसँगै दक्षिण कोरिया गएका छन् ।
टोलीलाई संघका उपाध्यक्ष राम श्रेष्ठले ट्रयाकसुट र टी–सर्ट उपलब्ध गराएका थिए ।

प्रकाशित : कार्तिक ८, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?