३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राईनो संरक्षण गोल्डकपको उपाधि संकटालाई

नवलपरासी — नवलपरासीमा जारी राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि संकटा क्लबले चुमेको छ । संकटाले एपीएफलाई पराजित गरेर उपाधि हात पारेको हो ।

राईनो संरक्षण गोल्डकपको उपाधि संकटालाई

कोल्हुवामा बिहीबार सम्पन्न फाइनल खेलमा निर्धारित समयसम्म दुवै समूहबाट १/१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । निर्धारित समयको ७१ मिनटमा एपिएफका जर्सी नं. २७ का हरि कार्कीले पहिलो गोल गरेका थिए भने खेलको ७६ मिनेटमा संकटाका जर्सी नं.१० का विदेशीमुलका खेलाडी मार्टिन अजाजले गोल गरेपछि निर्धारित समयमा दुबैतर्फबाट १/१ गोल भएको थियो । खेल ट्राइबेकरमा समेत ४/४ गोल भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो ।

सडन डेथमा नेपाल एपिएफका खेलाडी टोप विष्टले प्रहार गरेको बल संकटाका गोल्डकिप्पर विनय श्रेष्ठले गोल हुनबाट जोगाएपछि संकटा राईनो संरक्षण गोल्डकप फुटबल विजेता बन्न सफल भएको हो ।

विजेता संकटा क्लब काठमाडौंले नगद ५ लाख २५ हजार ५ सय ५५ प्रमाण पत्र पाएको छ । उपविजेता नेपाल एपिएफले नगद २ लाख ५० हजार ५ सय ५५ पाउन सफल भएको छ ।

नन्दभाउजु मध्यवर्ती उपभोक्ता समिति राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता गत कार्तिक १३ गतेबाट सुरु भएको थियो । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टिम र 'ए' डिभिजनका क्लब टिमहरु समावेश रहेका थिए । विजेता तथा उपविजेता टिमलाई वन तथा भूसंरक्षण मन्त्रालयका सचिव युवध्वज जिसीले नगद, शिल्ड तथा प्रमाण पत्र वितरण गरे ।  

प्रकाशित : कार्तिक २३, २०७४ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?