कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलिस टिम च्याम्पियन

रवीन्द्र र कुसुम उत्कृष्ट
कान्तिपुर संवाददाता

काठमाडौं — ८ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै नेपाल पुलिस क्लब ५० औं राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन भएको छ । शुक्रबार पुलिसले ४ स्वर्ण, २ रजत र १ कांस्य पदक थपेको थियो ।

पुलिस टिम च्याम्पियन

त्रिभुवन आर्मी क्बल ६ स्वर्ण, २ रजत र ५ कांस्यसहित दोस्रो तथा ४ स्वर्ण, ५ रजत र ६ कांस्य जितेको एपीएफ क्लब तेस्रो भए । शुक्रबार १ स्वर्ण जितेको मध्यमाञ्चल २ रजत र ६ कांस्यसहित चौथो भयो । अन्य क्षेत्रले स्वर्ण जित्न सकेनन् ।

पुरुषतर्फ पुलिसका ६० केजीमा स्वर्ण जितेका रवीन्द्र कार्की ३२ अंक बटुलेर उत्कृष्ट खेलाडी भए । महिलातर्फ ४५ केजीमा स्वर्ण जितेकी आर्मीकी कुसुम खड्का ३० अंक बटुल्दै उत्कृष्ट भइन् । दुवैले १०–१० हजार, जेबी टेलर्सबाट सुट, फाइभ ब्रदर्सबाट टयाकसुट पाए ।

शुक्रबार महिला कुमुतेको ६१ केजीमा पुलिसकी सुनीता महर्जनले आर्मीकी सनी लामालाई हराएर स्वर्ण जितिन् । मध्यमाञ्चलकी निरुपा लामा र एपीएफकी सपना लामाले कांस्य पाए । ६८ केजीको स्वर्ण एपीएफकी रोजी ओझाले जितिन् । उनले आर्मीकी विभुषा थापालाई हराइन् । पश्चिमाञ्चलकी पूजा पुलामी र पूर्वाञ्चलकी कृति दुलालले कांस्य जिते । ४० केजीमा मध्यमाञ्चलकी जिया खड्गीले स्वर्ण जितिन् । उनले पुलिसकी एन्जिला धिमाललाई पन्छाइन् । आर्मीकी मिस्ली श्रेष्ठ र पूर्वाञ्चलकी ओसिस श्रेष्ठले कांस्य जिते । ६८ केजीको स्वर्ण आर्मीकी रीता कार्कीले जितिन् । उनले एपीएफकी कल्पना बस्नेतलाई हराइन् । सुदूरपश्चिमकी सावित्री महरा र पूर्वाञ्चलकी मिस डोना राईले कांस्य जिते । ४५ केजीमा कुसुमले स्वर्ण जित्दा एपीएफकी वर्षा बुढामगरलाई हराइन् । पुलिसका कविता पौडेल र सुदूरपश्चिमकी वर्षा साउदले कांस्य पाए ।

पुरुष ७५ केजीमा पुलिसका गंगाराम कुसुवारले स्वर्ण जिते । उनले मध्यमाञ्चलका किशोर लामालाई हराए । ८४ केजीमा एपीएफका भीम तामाङले पुलिसका विप्लव श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते । पुलिसका सोनाम लामाले ५५ केजीमा स्वर्ण जिते । उनले पूर्वाञ्चलका नवीन राईलाई हराए । ६७ केजीमा एपीएफका विजय लामाले मध्यपश्चिमका प्रकाश घर्तीमगरलाई हराई स्वर्ण जिते । पुलिसका दिवस श्रेष्ठले ८४ केजी माथिको स्वर्ण जिते । उनले एपीएफका दिगम्बर पन्तलाई हराए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?