कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ब्वाइज युनियन विजेता

डिल्लीराम खतिवडा

उदयपुर — ब्वाइज युनियन क्लब काठमाडौंले छैटौं नारदमुनि गोल्डकप फुटबलको शुक्रबार फाइनलमा रूपन्देही ११ लाई २–० ले पराजित गर्दै उपाधि जितेको छ ।

विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाए । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहास्थित नारदमुनि रंगशालामा खेलको २४ औं मिनेटमा ब्वाइज युनियनका विदेशी खेलाडी अबाले गोल गरे । ३६ औं मिनेटमा आशिक थापाले ब्वाइज युनियनको अग्रतालाई दोब्बर बनाए । उनले पेनाल्टीमा गोल गरेका थिए । निर्धारित ८० मिनेटको खेलमा रूपन्देहीबाट कुनै गोल हुन सकेन । 

म्यान अफ द म्याच ब्वाइज युनियनका सौजन राई भए । उनले ६ हजार पुरस्कार पाए । उत्कृष्ट खेलाडी रूपन्देहीका दीपक राई घोषित भए । उनले ५ हजार पाए । सर्वाधिक गोलकर्ता ब्वाइज युनियनका विदेशी खेलाडी मेडो भए । ३ गोल गरेका उनी ५ हजारबाट पुरस्कृत भए । 

बसाहा क्लबले चौदण्डीगढी नगरपालिकाको संयोजन र गज्जब चाउचाउको प्रायोजनमा गत आयोजना गरेको गोल्डकपमा ८ टोलीले भाग लिएको क्लब अध्यक्ष शेखर राईले बताए । 
प्रजातान्त्रिक योद्धा नारदमुनि थुलुङको स्मृतिमा २०६९ सालदेखि गोल्डकप फुटबल गरिएको मूल आयोजक समितिका संयोजक भीम बान्तावाले बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?