कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपालद्वारा बंगलादेशसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत

सुवास हुमागाईं

क्वालालम्पुर — एसीसी अन्डर १९ एसिया कपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो । इनिङको अन्त्यतिर फेरि वर्षा भएपछि खेल रोकिएको थियो ।

नेपालद्वारा बंगलादेशसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत

त्यस समय नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । डकवर्थ लेविस पद्धतिका अनुसार बंगलादेशले जितका लागि ४० ओभरमा १ सय ८१ रन जोड्नुपर्ने छ ।

ओपनर जितेन्द्र सिंहलाई सस्तैमा गुमाएको नेपालका लागि शीर्ष क्रमका ब्याट्सम्यानले बलियो साझेदारी दिन सकेनन् । राम्रो सुरुआत लिए पनि अनिल साह १९(२२) र दिपेन्द्र सिंह ऐरी १२(४१) ले पारीलाई अगाडि बढाउन सकेनन् । आसिफ शेख ३० (५२) रनमा स्टम्पिङ आउट भए । ७० रनको स्थितिमा कप्तान दिपेन्द्र सिंह ऐरीलाई चौथो विकेटको रुपमा गुमायो ।

मध्यक्रममा ब्याटिङ गर्न आएका रोहितकुमार पौडेल र भीम सार्कीले नेपालको इनिङ सम्हालेका थिए । उनीहरुले १३.२ ओभरमा ७९ रनको साझेदारी गरे । रोहितले ५४ बलमा ४० रन जोड्दा २ चौका र २ छक्का प्रहार गरे । भीमले ४० बलमा २ चौका र ३ छक्काको मद्दतले ४४ रनको आक्रामक पारी खेले ।

बंगलादेशका लागि स्पिनर नईम हसानले ३ विकेट लिएका थिए । हसन महमुद, ओनिक इस्लाम र अफिफ होस्सैनको नाममा पनि १/१ विकेट रह्यो ।

प्रकाशित : कार्तिक २५, २०७४ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?