सताक्षी गोल्डकप आजदेखि

कान्तिपुर संवाददाता

दमक — दोस्रो सताक्षी गोल्डकप फुटबल मंगलबार सुरु हुँदै छ । मंसिर ७ सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली झापा र पोखरा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

खेल शिवसताक्षी नगरपालिका ८ झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा हुनेछ । यो गोल्डकप जिल्लामा सिजनको दोस्रो गोल्डकप हो । ‘ए’ डिभिजनका ६, एक विदेशी र आयोजकसहित १० टोलीको सहभागीता रहने आयोजक सतासी स्पोर्टिङ क्लबका अध्यक्ष रमेश लावतीले बताए ।

आयोजकले यस वर्ष गोल्डकपको पुरस्कार राशिमा वृद्धि गरेको छ । विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । गत वर्ष पहिलो संस्करणमा विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार जितेका थिए ।

म्यान अफ द सिरिजलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर र गोलकिपरलाई जनही २० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष लावतीले बताए ।

प्रकाशित : कार्तिक २८, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?