१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

महिला टोली विजयी

कान्तिपुर संवाददाता

काठमाडौं — एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेल जितेको छ । नेपालले सोमबार स्थानीय बीकेएसपी टोलीलाई ६ विकेटले हरायो ।

ढाकास्थित आफ्नो मैदानमा टस जितेको बीकेएफसीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ८ रन बनायो । शोभाना मोस्तारीले ३९ बलमा ४ चौका र १ छक्कासहित ४८ र ओपनर जन्नातुल फेरुजल २३ रन बनाए । नेपालबाट सीता रानामगर, नेरी थापा र सोनु खड्काले १–१ विकेट लिए ।
ज्योति पाण्डेले २५, सीताले २० र नेरीले ३० रन बनाएपछि नेपालले ४ बलअघि लक्ष्य पूरा गर्‍यो ।

प्रकाशित : कार्तिक २८, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?