कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्विडेन छनोट इटाली बाहिरियो

एएफपी

मिलान — इटाली सन् १९५८ यता पहिलो पल्ट विश्वकपमा छनोट हुन असफल भएको छ । स्विडेनले सोमबार राति सानसिरोमा भएको युरोपली प्ले अफको दोस्रो लेगको खेलमा इटालीलाई गोलरहित बराबरीमा रोक्यो ।

स्विडेन छनोट इटाली बाहिरियो

यस नतिजापछि स्विडेनले समग्रमा १–० ले अग्रता लिन सफल रह्यो । स्विडेनले यसअघि घरमा भएको खेल एक गोलले जितेको थियो । चार पल्टको विजेता इटालीले निश्चित जित निकाल्नु पर्ने दोस्रो लेगको खेलमा पर्याप्त मौका पनि सिर्जना गर्न सकेन् ।

सन् २००६ को विश्वकप विजेता इटाली छनोटबाट बाहिरिएपछि सानसिरोमा उपस्थिति ७४ हजार दर्शक निराश भए । सन् १९३० मा पहिलो संस्करणको विश्वकप नखेलेको इटाली सन् १९५८ मा पनि छनोट हुन सकेको थिएन् ।

यस नतिजापछि इटालीका गोलरक्षक जियानलुगनी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट पनि सन्यास लिएका छन् । उनले खेलपछि इटालीका फुटबल समर्थकलाई भनेका छन्, ‘म सबैसँग माफि माग्न चाहन्छुं ।’

प्रकाशित : कार्तिक २८, २०७४ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?