२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपाल पहिलोपटक यू-१९ एसिया कपको सेमिफाइनलमा

सुबास हुमागाईं

क्वालालम्पुर — एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह 'ए' को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो ।

नेपाल पहिलोपटक यू-१९ एसिया कपको सेमिफाइनलमा

यसअघि समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको हो । नेपाल इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन भारत यस हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित : कार्तिक २८, २०७४ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?