इटाली विश्वकपमा पुग्न असफल

एएफपी

मिलान — इटाली सन् १९५८ पछि पहिलोपल्ट विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ । सान सिरोमा सोमबार राति भएको भएको प्लेअफ दोस्रो लेगमा इटालीले स्विडेनसँग गोलरहित बराबरी नतिजामात्र निकाल्न सक्यो । स्विडेनले स्टकहोमको पहिलो लेग १–० ले जितेको थियो ।

इटाली विश्वकपमा पुग्न असफल

चारपल्टको च्याम्पियन इटालीले बल नियन्त्रणमा राखे पनि गोल गर्ने राम्रो अवसर सिर्जना गर्न सकेन । ज्याकोब जोन्सनले पहिलो लेगमा गरेको गोलको मदतमा स्विडेन २००६ पछि पहिलो पटक विश्वकपमा पुग्न सक्यो ।

इटालीका गोलरक्षक बुफोन ।

७४ हजार भरिभराउ दर्शकमाझ २००६ को विश्वकप विजेता इटालीले गोलको खडेरीलाई चिर्न सकेन । इटाली विश्वकपमा पुग्न नसकेको यो तेस्रो पटक हो । सन् १९३० को पहिलो विश्वकप इटालीले खेल्न अस्वीकार गरेको थियो भने १९५८ मा स्विडेनमा भएको विश्वकपमा इटाली छनोट भएको थियो ।

इटालीको असफलताले सदाबहार गोलरक्षक जियानलुइजी बुफोनको खेलजीवन पनि टुंगाएको छ । उनले कीर्तिमानयुक्त छैटौं पटक विश्वकपमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । इटालीबाट १ सय ७५ खेल खेलेका ३९ वर्षे बुफोनले अर्को वर्ष रुसमा हुने विश्वकप राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम हुने बताइसकेका थिए ।

‘म माफी चाहन्छु,’ भावविह्वल हुँदै उनले भने, ‘मैले आफैंसँग माफी मागेको होइन, इटाली फुटबलसँग माफी मागेको हो । हामीले केही गुमाएका छौं, जुन सामाजिक क्षेत्रमा केही हो । मेरो दुखेसो यही रह्यो । मलाई दु:ख यस कारण लागेको छ, मेरो अन्तिम खेलमा इटाली बाहिरिन पुग्यो । तर हामीले यस्ता प्रतिभावान खेलाडीलाई इटालीको फुटबल छाडेर जाँदै छौं, जसले राष्ट्रिय टोलीलाई पुरानै स्थितिमा ल्याउन सक्छ ।’

युरो २०१६ पछि संन्यास लिएका ज्वाटन इब्राहिमोभिचबिनै स्विडेन विश्वकप पुगेको हो । ‘म निकै भावुक छु र धेरै खुसी पनि,’ स्विडेनका प्रशिक्षक जेन एन्डरसनले भने, ‘यस खेलले हाम्रो सामूहिक शक्ति देखाउँथ्यो । इब्राहिमोभिच हुँदा हामी फरक हिसाबले खेल्थ्यौं । उनले संन्यास लिएपछि हामी अहिले अर्कै शैलीमा खेलिरहेका छौं ।’

प्रकाशित : कार्तिक २९, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?