कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रेन्ड्स सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौं — ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स क्लबले प्रथम चन्द्रागिरि गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले पराजित गरेको छ ।

जितसँगै फ्रेन्ड्स सेमिफाइनल पुगेको छ । राजधानीको नैकाप मैदानमा फ्रेन्ड्सको जितमा धिरज श्रेष्ठले ह्याट्रिक गरेका थिए अफ्रिकी मूलका लावलले एक गोल थपे । आयोजकबाट कप्तान समिर कार्की र साहिल रानाले १–१ गोल गरे भने एक गोल आत्मघातीमा उपहार पायो ।

फ्रेन्ड्सका धिरज म्यान अफ द म्याच भए । उनले ३ हजार रुपैयाँ पाए । बुधबार त्रिभुवन आर्मी र जावलाखेल युथबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?