२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डेनमार्क पुग्यो विश्वकपमा

एएफपी

डब्लिन — डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकपका लागि मंगलबार राति छनोट भएको छ । उसले युरोपेली विश्वकप छनोट प्ले अफ दोस्रो लेगमा गणतान्त्रिक आयरल्यान्डलाई ५–१ ले हरायो ।

डेनमार्क पुग्यो विश्वकपमा

पहिलो लेग गोलरहित बराबरीमा टुंगेपछि डेनमार्कले विपक्षी टिमको घरमा यो शानदार जित निकालेको हो । यससँगै डेनमार्कले समग्रमा ५–१ को अग्रता पनि लिन सफल रह्यो ।

डेनमार्कका तर्फबाट क्रिस्टियन एरिक्सनले उत्कृष्ट ह्याट्रिक गरे । युरो २०१६ मा छनोट हुन असफल रहेपछि डेनमार्कले राम्रो लयमा रहेर अहिले विश्वकपको अन्तिम चरणको यात्रा तय गरेको हो ।

प्रकाशित : कार्तिक २९, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?