नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित [अपडेट]

फाइनलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्ने
सुबास हुमागाईं

क्वालालम्पुर — एसीसी यू-१९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अफगानिस्तानलाई १ सय ४ रनको लक्ष्य दिएको थियो ।

नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित [अपडेट]

अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट गुमाएर नेपालले दिएको लक्ष्य पछ्याउन सफल भएको हो । 
अफगानिस्तानले फाइनलमा पाकिस्तानको समाना गर्ने छ ।

अफगानिस्तानका रहमनुल्लाह गुब्राज ७१ र इम्रान किल १८ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछाने, पवन सराफ, कमलसिंह ऐरीले १-१ विकेट लिएका थिए।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले २८ ओभरमा १ सय ३ रन जोड्दै सबै विकेट गुमाएको थियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५० रनको योगदान दिए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । 

अफगानिस्तानका मुजीब उर रहमानले ६ विकेट लिँदा कायस्थ अहमदले २ विकेट हात पारे । भीम सार्की र सन्दिप लामिछाने रनआउट भएका थिए ।

....

एसीसी यू-१९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तान भिडिरहेका छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अफगानिस्तानलाई १ सय ४ रनको लक्ष्य दिएको छ ।

नेपालले २८ ओभरमा १ सय ३ रन जोड्दै सबै विकेट गुमाएको हो । नेपालका लागि अनिल साहले सर्वाधिक ५० रनको योगदान दिए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । अफगानिस्तानका मुजीब उर रहमानले ६ विकेट लिँदा कायस्थ अहमदले २ विकेट हात पारे । भीम सार्की र सन्दिप लामिछाने रनआउट भएका थिए ।

फाइनल पुग्ने टोलीले आइतबार पाकिस्तानको सामना गर्नेछ ।

प्रकाशित : मंसिर १, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?