२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

युभेन्ट्सले बेहाेर्‍याे सिजनको दोस्रो हार

एजेन्सी

रोम — इटालियन सिरी ए अन्तर्गत आइतबार डिफेन्डीङ च्याम्पियन युभेन्ट्सले सिजनको दोस्रो हार बेहोरेको छ । साम्पडोरियाको घरेलु मैदानमा युभेन्ट्स ३-२ ले पराजित भएसँगै अंक तालिकामा तेस्रो स्थानमा झर्यो । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

युभेन्ट्सले बेहाेर्‍याे सिजनको दोस्रो हार

डुभान जपाटा, लुकास टोर्रेरा र जियान मारको फरारीले घरेलु टोलीलाई ३-० को अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयमा गोन्जालो हिगुआइन र पाउलो डिबालाले गोल गरेपनि युभेन्ट्सले अंक खोस्न सकेन ।

अर्को खेलमा इन्टरले एटलान्टालाई २-० ले पराजि गर्दै दोस्रो स्थानमा उक्लियो । उसको जितमा दुवै गोल कप्तान माउरो इकार्डीले गरे ।

नेपोली अंक तालिकामा ३५ अंक लिएर शीर्ष स्थानमा छ भने इन्टरको ३३ र युभेन्ट्सको ३१ अंक छ । एक खेल कम खेलेका रोमा ३० तथा लाजियो २८ अंकमा छन् ।

प्रकाशित : मंसिर ४, २०७४ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?